मालपोतका नासुबिरुद्ध मुद्दा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मालपोतका नासुबिरुद्ध मुद्दा दायर


३२ जेष्ठ २०७७, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भन्दै नायब सुब्बा सुवेदीले सेवाग्राहीसँग तीन हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।

बैंकबाट कर्जा निकालिदिने प्रयोजनार्थ जग्गा रोक्का गराउन पुगेका सेवाग्राहीलाई अनेक बहाना बनाएर घुस माग्दै गरेको अवस्थामा आयोगले केही समय पहिले उनलाई पक्राउ गरेको थियो ।

आरोपी सुवेदीलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस