उपत्यकाबाट बाहिर जाने र प्रवेशका लागि नयाँ व्यवस्था, सवारी पास बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाबाट बाहिर जाने र प्रवेशका लागि नयाँ व्यवस्था, सवारी पास बन्द


३२ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जाने र प्रवेश गर्ने सवारी साधनको सवारी पास सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाबाट बाहिर जानको लागि व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजातसहित र सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यसैगरी काठमाडौँ उपत्यका प्रवेश गर्नका लागि काठमाडौँ जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति सहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग भई आएपश्चात् सङ्क्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्ट्याई हुने कागजातसमेत विचार गरी सवारी पास जारी गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।

साथै जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले जिल्ला भित्र जोर बिजोर प्रणाली लागू भई सकेकोले काठमाडौँ जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस