भारतीयद्वारा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, हतियार खोस्नेलाई चलाइयो गोली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतीयद्वारा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, हतियार खोस्नेलाई चलाइयो गोली


३० जेष्ठ २०७७, शुक्रबार


सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रवार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ ।

ड्युटीमा खटिएका एक प्रहरीको हतियार खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फाइरिङ गर्दा दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ । एकको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

शुक्रवार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबरजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यस लगत्तै ती व्यापारीहरू नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै सयौँको सङ्ख्यामा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एक छिन झडप समेत भएको थियो ।

झडपका क्रममा केही प्रहरीसमेत घाइते भएका छन् । प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको एक अधिकारीले बताएका छन् ।

केही दिनअघि मात्र सर्लाहीको फेनहारामा तस्करहरूले नेपाली सुरक्षा कर्मीमाथि आक्रमणको प्रयास गरेका थिए

Tags :
प्रतिक्रिया दिनुहोस