सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट पारित


२९ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिले सडक निर्माण, मर्मत-सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । आज बसेको संसदीय समितिको बैठकले विधेयकमाथि केहि संसोधनसहित सबैसम्मतिले पारित गरेको हो ।

विधेयकमाथि भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरी तथा मन्त्रालयका सचिव र कर्मचारीसँगको पटक पटकको छलफलपछि पारित भएको समितिका सदस्य भूमिश्वर ढकालले जानकारी दिए । विधेयकमा सडकमा पशुपक्षी छाडिएका कारण हुने दुर्घटना तथा सडकका औजारहरु मर्मत सम्बन्धि विषयलाई थप गरिएको समितिका सचिव सीता घिमिरेले बताए ।

“तराई क्षेत्रमा प्रदेश लोकमार्ग २५ मिटर तथा प्रादेशिक सडक १५ मिटर कायम हुनुपर्ने पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १५ र सडक १० मिटर हुनुपर्ने प्रावधान राखिएको छ”, उनले भने । विधेयक संशोधनकर्ता प्रदेशसभा सदस्य तिलकराम शर्मा, दिपा बि.क. गीता थापालाई समेत बैठकमा उपस्थित गराएर छलफलपछि पारित गरिएको सचिव घिमिरेले बताए ।

समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य नारायण आचार्य, इन्द्रप्रसाद खरेल, दिनेश पन्थी, जाल्पा भुसाललगायतले विधेयकमाथिको छलफलमा आ–आफ्ना राय व्यक्त गर्नुभएको थियो । बैठकले पारित गरेको विधेयक प्रदेश सभामा पेस गरिने सभापति स्वर्णकारले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस