सूर्यविनायकको गाई फार्मममा आगलागी हुँदा गाई मरे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सूर्यविनायकको गाई फार्मममा आगलागी हुँदा गाई मरे


प्रशासन संवाददाता

२८ जेष्ठ २०७७, बुधबार


आगलागी

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् ।

फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान ३ बजे आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट रु आठ लाख ७० हजार बराबरको क्षति भएको छ ।

२८०० लिटर मदिरा बरामद
त्यसैगरी महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वका गएको प्रहरी टोलीले २८०० लिटर अवैध घरेलु मदिरा र १६०० लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।

भक्तपुर नगरपालिका–९ देगइनाका नारायण बागको आफ्नै पाँचतले घरमा उत्पादन गरी लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको उक्त मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको प्रनाउ गिरीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस