भारतबाट उद्धार गरेका ५० यात्रु बोकेर क्वारेन्टिन लैजाँदै गरेको टिपर कर्णालीमा खस्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतबाट उद्धार गरेका ५० यात्रु बोकेर क्वारेन्टिन लैजाँदै गरेको टिपर कर्णालीमा खस्यो


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौं । भारतबाट उद्धार गरेका ५० यात्रु बोकेर क्वारेन्टिन लैजाँदै गरेको टिपर कालिकोटको रासकोट नगरपालिकामा दुर्घटना भएको छ ।

जिते बजारबाट यात्रु लिएर रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लैजाँदै गर्दा कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार टिपरमा करिब ५० जना यात्रु रहेको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार टिपरमा करिब ५० जना सवार रहेको र उनीहरुको अवस्थाबारे बुझ्दै गरेको बताएका छन् ।

थप जानकारी आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस