सिडिओसहित कर्मचारी सङ्क्रमणको जोखिममा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिडिओसहित कर्मचारी सङ्क्रमणको जोखिममा


२७ जेष्ठ २०७७, मंगलबार


चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति पत्र लिएर काठमाडौँ गएका चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरू सङ्क्रमणको जोखिममा परेका छन् । यससँगै प्रशासनमा आज हुने भनिएको एक बैठक स्थगन गरिएको छ भने अत्यावश्यक बाहेकका काम रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले यही जेठ २३ गते प्रशासनमा आफै पुगेर अनुमति पत्र लिएका थिए । सो क्रममा प्रत्यक्ष रूपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो । यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताए। यससँगै आज बिहान ११ बजे राखिएको कोरोना प्रतिकार्य केन्द्रित विपद्को बैठक स्थगन गरिएको छ ।

यस्तै मृत्यु संस्करण र विदेश जानेका लागि अनुमति पत्र दिनेबाहेकको सेवाग्राहीको काम आज रोकिएको उनले जानकारी दिए । सहायक प्रजिअ नेत्र शर्माका अनुसार ती चिकित्सकलाई जेठ २० र २१ गते फर्काइएकामा २३ गते भने अनुमति पत्र दिइएको थियो । सोही दिन उनले भरतपुर अस्पतालमा स्वाब तानेर काठमाडौँ गएका थिए । सोमबार स्वाबका नतिजा पोजेटिभ आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस