विद्युतीय शासन के हो ? यसको अवधारण/सन्दर्भ, उद्देश्यहरू र समस्याहरू उल्लेख गर्नुस् । (३+७=१०) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्युतीय शासन के हो ? यसको अवधारण/सन्दर्भ, उद्देश्यहरू र समस्याहरू उल्लेख गर्नुस् । (३+७=१०)


२६ जेष्ठ २०७७, सोमबार


LIN, THIN & SMART Government

 शासनको एक नवीनतम उपगमको रूपमा विद्युतीय शासनलाई लिइन्छ । सुशासनका लागि विद्युतीय शासन अपरिहार्य तत्त्व हो ।
 शासन प्रणालीलाई प्रभावकारी बनाउनका लागि विद्युतीय सूचना र सञ्चार माध्यमको प्रयोग गर्नुलाई विद्युतीय शासन भनिन्छ ।
 विद्युतीय शासन प्रविधिमा आधारित त्यस्तो शासन व्यवस्था हो, जसबाट सरकार, नागरिक र अन्य सरोकार बिच विद्युतीय रूपमा अन्तर्क्रिया गर्न सहज र सम्भव हुन्छ ।
 विद्युतीय शासनको माध्यमबाट सार्वजनिक सेवालाई आधुनिकीकरण गर्दै सुशासन कायम गर्न सम्भव हुन्छ ।
 नेपालको संविधान, विद्युतीयका कारोबार ऐन, सूचना तथा प्रविधि नीति र सरकारको बनाएका सामाजिक सञ्जाल सञ्चालन सम्बन्ध नियमावलीहरुले सुशासनलाई साथ दिएका छन् ।
 सार्वजनिक सेवा सुलभ, सहज, सरल, पारदर्शी र प्रभावकारी रूपमा प्रवाह गर्न विद्युतीय शासन अपरिहार्य हुन्छ ।
 सर्वप्रथम तत्कालीन अमेरिकी राष्ट्रपति एल गोरले सार्वजनिक सेवालाई बढी प्रभावकारी र पारदर्शी बनाउनका लागी सन् १९९३ मा सुशासन शब्दको सुरुवात गरे ।
 पछि सन् १९९८ मा विल क्विन्टले Government paperwork elimination Act 1998 घोषणा गरेपछि सुशासनको विषय चर्चामा आयो ।
 नेपालको सार्वजनिक सेवामा वि.सं. २०२८ सालको जनगणनामा IBM 1401 मोडेलको कम्प्युटर प्रयोग गरिएको थियो । तर संस्थागत रूपमा भने २०३७ मा स्थापना भएको राष्ट्रिय कम्प्युटर आविष्कार भएपछि सुशासनले नेपालमा औपचारिक रूपमा प्रवेश पायो ।
 जनताको सर्वाङ्गीण विकासको लागि सार्वजनिक सरोकारका, सेवा र सूचना जनस्तर समक्ष पुर्‍याउने व्यवस्था नै विद्युतीय शासन हो ।
 विद्युतीय शासनलाई Electronic governance, Internet governance, Digital governance, Online governance, Connected governance भनेर पनि सम्बोधन गरिन्छ ।
 कागज विहीन कार्यालयको अवधारणालाई आत्मासाथ गर्न यस अवधारणाको विकास भएको हो ।
 पहिलो पटक भरपुर न.पा. मा स्थानीय स्तरमा वि.सं. २०५९ सालमा विद्युतीय शासन लागु भएको थियो ।
 नेपालमा विद्युतीय शासनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सन् २००६ मा E-gopvernance master plan लागु गरियो तर कार्यन्वयन भने हुन सकेन ।

के विद्युतीय शासन र विद्युतीय सरकार एउटै हो त ? हैनन् यी दुई फरक विषय हुन् : 
 शासन व्यवस्थाका सम्पूर्ण कर्ताहरूलाई क्ष्ऋत् मा आबद्ध गर्नु विद्युतीय शासन हो भने सरकारका सेवा सबै अनलाइन गर्नु विद्युतीय सरकार हो ।
 विद्युतीय शासन एक वहआयामिक अवधारणा हो तर विद्युतीय सरकार शासनको तुलनामा अलिक सानो अवधारणा हो ।
 विद्युतीय शासन कार्य प्रणाली हो भने विद्युतीय सरकार उपकरणको प्रयोग हो ।
 प्रशासनका साथै आर्थिक, सामाजिक, राजनैतिक पक्ष शासनले समेट्छ भने सरकार प्रशासनको पुनः संरचना मात्र हो ।

विद्युतीय शासनका उद्देश्यहरू : 
 सरकारलाई सक्षम, सुदृढ, सेवामुखी र प्रभावकारी बनाउन,
 शासकीय परिपाटीलाई पारदर्शी र उत्तरदायी बनाउन,
 सरकारले दिने सार्वजनिक सेवालाई अनलाइनमा उपलब्ध गराउन,
 सीमा विहीन सेवा प्रवाह गर्न,
 कागजविहीन प्रशासनको अवधारणालाई कार्यान्वयन गर्न,
 राज्य संयन्त्रमा आम नागरिकको सहाभागीता सुनिश्चित गर्न,
 प्रशासनिक कार्य बोझ भारलाई कम्प्युटरको प्रयोग गरी कम गर्न,
 नागरिकलाई सशक्तीकरण गर्न,
 सुशासनको अवधारणलाई सार्थकता दिन,
 सेवा प्रवाहमा लाग्ने समय र लागतलाई न्यूनीकरण गर्न,
 एकीकृत सार्वजनिक सेवा वितरणलार्ई प्रभावकारी व्यवस्थापन गर्न,
 सहभागितामूलक शासन प्रणालीलाई स्थापित गर्न,
 जनताको Voice, Choice & Right लाई छिटो सम्बोधन गर्न, आदि ।

विद्युतीय शासनमा देखिएका समस्याहरू :
 विद्युतीय शासनका लागि प्रभावकारी संरचना तयार नहुनु,
 कानुनको प्रभावकारी कार्यान्वयन नहुनु,
 कर्मचारीतन्त्रमा परिवर्तनलाई आत्मासाथ गर्ने बानीको विकास नहुनु,
 डिजिटल सूचना आदान प्रदान गर्ने संस्कारको विकास नहुनु,
 अनुगमन र मूल्याङ्कन कार्य प्रभावकारी नहुनु,
 सहभागिताको स्तर कमजोर हुनु,
 दण्ड र पुरस्कार प्रभावकारी नहुनु,
 निर्माण भएका सफ्टवेयर कार्यान्वयन नहुनु साथै सूचना अद्यावधिक नहुनु,
 विद्युतीय अपराध नियन्त्रण नहुनु,
 प्रतिभा पलायन रोक्न नसक्नु,
 गाउँ र सहरवीत प्रविधिमा दूरता हुनु,
 रोजगारीको मात्रामा कटौती हुनु जहाँ प्रविधिले थोरै जनशक्तिमा बढी कार्य गर्न सक्छन् ।

निष्कर्ष :
न्यूनतम सरकारी संयन्त्रले अधिकतम शासन गर्ने तरिका विद्युतीय शासन हो । भौगोलिक दुरी कम गरी, सरकारी जनशक्ति कटौती गर्ने र शासन प्रणालीलाई मितव्ययी, कार्यदक्ष र प्रभावकारी बनाइ कागज विहीन सरकारको परिकल्पना विद्युतीय शासनले गरेको छ । प्रत्येक व्यक्तिको हातहातमा सरकार भन्ने धारणालाई मूर्त बनाउन बलियो कानुन, प्रशासनिक सक्रियता, व्यापक प्रविधियुक्त नागरिक सचेतनाबाट सम्भव हुन्छ ।
जब विधिले काम गर्दैन तब प्रविधिले काम गर्नुपर्छ भन्ने मान्यताका साथ वैकल्पिक सरकार, स्मार्ट सरकार, सीमित सरकार र कागजविहीन कार्यालय बनाउनु अहिलेको आवश्यकता हो, यसमा विद्युतीय शासनको माध्यमबाट सुशासन कायम गर्ने ठुलो भूमिका रहेको छ ।
लेखक मन्थली नगर कार्यपालिकाका लेखा अधिकृत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस