बर्दियाका प्रजिअसहित १९ कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बर्दियाका प्रजिअसहित १९ कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ


२६ जेष्ठ २०७७, सोमबार


बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा प्रजिअ र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

संक्रमित सवारी चालकले सरुवा हुनभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्‍याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई त्यहीँबाट लिएर आएका थिए । सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर रिपोर्ट नेगेटिभ देखिए पनि चालकको पोजेटिभ देखिएको थियो ।

चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेशनमा राखिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस