थप २१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८पुग्यो « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

थप २१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८पुग्यो


२५ जेष्ठ २०७७, आइतबार


काटठमाडौं । आज थप २१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा गत २४ घण्टमा २१३ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

आज कोरोना पुष्टि हुनेमा २०९ जना पुरुष र ४ जना महिला छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

हालसम्म कूल निको भएर डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस