लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ मोडालिटी अघि सार्दै सरकार « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ मोडालिटी अघि सार्दै सरकार


२५ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । लकडाउन खुकुलो बनाउन सरकारले १० चरणको नयाँ मोडालिटी तयार गरेको छ । स्रोतका अनुसार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार छलफल गरेको थियोे ।

सरकारले यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी पारेको बताइएको छ । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने पहिलेको रणनीति थियो ।

सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन नयाँ मोडालिटी ल्याउन लागेको हो ।

शनिबार समितिको पहिलो चरणमा छलफल भएको थियो । समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउन छलफल गरेको स्रोतले जानकारी दिएको छ ।

आइतबार पनि समितिले लकडाउनको मोडालिटीको विषय छलफल गर्ने र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्ने स्रोतले बताएको छ ।

मन्त्रीपरिषद्ले मोडालिटीलाई आवश्यकता हेरेर अन्तिम निर्णय गर्नसक्ने समितिका एक सदस्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस