प्रशासनद्वारा क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रशासनद्वारा क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सार्वजनिक


२५ जेष्ठ २०७७, आइतबार


काठमाडौँ। विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरूको सूची सरकारले सार्वजनिक गरेको छ । सूचीमा चार तारे होटेलदेखि एकतारे होटलहरुसम्म छन् ।

सूचीमा चार तारे होटेलको सङ्ख्या ३, तीन तारे होटेलको सङ्ख्या ९, दुई तारे होटेलको सङ्ख्या २, एक तारे होटेल ५ र पर्यटक स्तरका होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिवार सार्वजनिक गरेको सूचीमा चार तारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटेल सरोवर छन् । ग्राण्ड होटेल काठमाडौँमा, ड्रिमल्याण्ड रुपन्देहीको मणिग्राममा र स्विस इन्टरनेशनल पोखरामा छन् ।

सरकारले विदेशबाट नेपालीहरूलाई उद्धार गर्ने र होटेल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटेल बसाइको खर्च स्वयं व्यक्तिहरूले नै तिर्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस