कोरोना बिमा स्थगित गर्न बिमा समितिको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना बिमा स्थगित गर्न बिमा समितिको निर्देशन


२३ जेष्ठ २०७७, शुक्रबार


बीमा समिति

काठमाडौँ । कोरोना भाइरसको जोखिम सुरक्षा गर्न भन्दै ल्याइएको बिमा कार्यक्रम स्थगन भएको छ ।

बिमा समितिको निर्देशनअनुसार शुक्रवारदेखि केही समयका लागि यो बिमा स्थगन भएको बिमा कम्पनीहरूले बताएका छन् । समितिले भने बिमा कम्पनीहरूकै प्रस्तावमा केही समयका लागि स्थगन गरिएको जनाएको छ ।

बुधवारसम्म करिब ३ लाख ७ हजार २ सय २१ जनाले कोरोना बिमा गरिसकेको अवस्थामा स्थगित गर्ने निर्णय गरेसँगै हचुवाको भरमा कार्यक्रम ल्याएको र सङ्क्रमण बढिरहेको बेला बीमाबाट वञ्चित गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमा लेखको बिक्री सुरु गरिएको थियो । उक्त बिमामा १६ करोड ८७ लाख ३६ हजार रुपैयाँ बिमा शुल्क सङ्कलन भएको छ । सो अवधिमा २६ हजार ६ सय २३ वटा बिमा लेख बिक्री भएको बिमा समितिले जनाएको छ । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमा लेख बिक्री गरिरहेका थिए ।

कोरोना बिमालेमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक ९परिवार, कार्यालयका कर्मचारी आदि० रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम ९बिमा शुल्क० तिर्नुपर्छ । तर सामूहिक रूपमा घर परिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

५० हजार रुपैयाँको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । अस्पतालबाट कोरोना सङ्क्रमण भएको पुष्टि भए लगत्तै दाबी भुक्तानी पाइन्छ ।

पर्याप्त अध्ययनबिना कोरोना बिमा लेख जारी गर्न समितिले निर्देशन दिएकाले डेढ महिनामै बन्द गर्नुपरेको विज्ञहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस