वैकल्पिक प्रणालीबाट पठनपाठन गर्न शिक्षा मन्त्रालयद्वारा निर्देशिका जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैकल्पिक प्रणालीबाट पठनपाठन गर्न शिक्षा मन्त्रालयद्वारा निर्देशिका जारी


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को सङ्क्रमणको कारण अवरुद्ध सिकाई प्रणालीलाई सुचारु गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी गरेको छ ।

विद्यालय जाने उमेरका बालबालिकालाई शैक्षिक संस्था नियमित रूपमा नखुलेसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्न दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीको माध्यायमबाट प्रभावकारी र व्यवस्थित रूपमा सिकाइमा सहजीकरण गर्न मन्त्रालयले निर्देशिका बनाई लागू गरेको जनाएको छ ।

निर्देशकामा वैकल्पिक रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतको माध्यमको प्रयोग गरेर सिकाइलाई निरन्तरता दिन भनेको छ ।

स्थानीय तह तथा विद्यालयले स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गर्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस