एक असईसहित चार प्रहरी कर्मचारी निलम्बित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एक असईसहित चार प्रहरी कर्मचारी निलम्बित


२१ जेष्ठ २०७७, बुधबार


जनकपुरधाम । लकडाउनका बेला तस्करलाई सघाएको भन्दै प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।

आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्‍याएको प्रमाण फेला परेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवलदार विजय साह र चुन रमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले प्रशासनलाई बताए ।

सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत चारै जनाले आर्थिक लाभ लिएर तस्करलाई सघाएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस