स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौं । केएमसी अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालका ४ जनामा मंगलबार कोरोना पुष्टि भएको थियो ।

अस्पतालले जारी गरेको सूचनामा बिरामी २ जना र स्वास्थ्यकर्मी २ जनामा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको जनाइएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो । अस्पतालमै गर्भवती जाँच गराउन आएकी भक्तपुरकी एक महिलामा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस