लोक सेवा अन्तर्वार्ता दिने सबैलाई पीसीआर रिपोर्ट अनिवार्य होइन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवा अन्तर्वार्ता दिने सबैलाई पीसीआर रिपोर्ट अनिवार्य होइन


२० जेष्ठ २०७७, मंगलबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका विभिन्न पदका अन्तर्वार्तामा सहभागी हुने सबैलाई पीसीआर रिपोर्ट अनिवार्य नभएको प्रस्ट्याएको छ ।

आयोगले मङ्गलवार जारी पिसिआर परीक्षण रिपोर्ट सहित सहभागी हुने सम्बन्धी सूचनालाई थप प्रस्ट पार्दै आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका उम्मेदवारले मात्रै अनिवार्य रिपोर्ट बुझाउनु पर्ने बताए ।

साथै यसरी बाहिरबाट आउने उम्मेदवारलाई पिसिआर परीक्षण गर्न कुनै असहज नहोस् भन्नका लागि सहजीकरण गर्न आयोगका उपसचिवसमेत तोकिएको र स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरेर कुनै झन्झट नव्यहोर्नु पर्ने गरी व्यवस्था मिलाइएको सुवेदीले प्रशासनलाई बताए ।

साथै देशव्यापी लकडाउनका बेला आयोगले परीक्षा तोकेको विषयमा उम्मेदवारहरूकै अनुरोध र निवेदनका आधारमा आयोगले सुरक्षित तवरले अन्तर्वार्ता कार्यक्रम तय गरेको आयोगको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस