२२६ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२२६ जना कोरोना संक्रमित थपिए


१९ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । नेपालमा थप दुई सय २६ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा २ सय १३ जना पुरुष र १३ जना महिलासहित दुई सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी लिए ।

यससँगै कुल संक्रमितको संख्या एक हजार सात सय ९८ पुगेको छ ।

क्वारेन्टिनमा रहनेको सङ्ख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या देश भरी १ हजार ५ सय ६९ जना रहेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडिटी विधिबाट १ लाख १३ हजार ७५७ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ७१ हजार ९ सय ३ परीक्षणहरू गरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस