१७ लाख घुस लिने नापी अधिकृतसहित ५ विरुद्ध मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१७ लाख घुस लिने नापी अधिकृतसहित ५ विरुद्ध मुद्दा दायर


१९ जेष्ठ २०७७, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको छ ।

नापी कार्यालय भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका नायव सुब्बा धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक पटक घूस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बाँडिचुँडी खाने मनसायले सेवाग्राहीसँगबाट १७ लाख लिई सकेको अवस्थामा पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस