२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ ।

प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो । अम्मरबहादुर थापा दैलेख क्षेत्र नं १ (ख) बाट र सुशील थापा क्षेत्र नं २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

दुबै जनालाई कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बनाएको आचारसंहिताको उल्लङ्घन गरी सङ्क्रमणको उच्च जोखिममा रहेको जिल्लामा गएको आरोप छ । दैलेखमा कोरोना सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभा सदस्यद्वय क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निरीक्षण र जिल्ला भित्रिने नागरिकको उद्धारमा खटिएका थिए ।

सभामुख राजबहादुर शाहीले आइतबारको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यले सतर्कता अपनाउनुपर्ने भन्दै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए । उनले टेलिफोन गरी सदस्यद्वयलाई एक साता होम क्वारेन्टिन बस्नुपर्ने र अनिवार्य कोरोना परीक्षण गरेरमात्र बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले प्रदेशसभा सचिवालयको अनुमतिबेगर जिल्लामा जाने सबैका लागि यो नियम लागू हुने बताए । ‘कोभिड–१९ बाट सुरक्षित रहन प्रदेशसभाले बैठकमा सहभागी सबै माननीय, मर्यादापालक, पत्रकार, कर्मचारीसमेतको पिसिआर परीक्षण गरिएको थियो, बैठकमा सामाजिक दूरी कायम गर्ने गरिएको छ, निर्मलीकरणका सबै उपाय अपनाइरहेका बेला उहाँहरु जिल्ला जानुभयो’, सचिव बुढाथोकीले भने, ‘एक साताका लागि भनेर रोक लगाइएको छैन, कोरोना परीक्षण गरेर बैठकमा आउनसक्नुहुन्छ ।’

प्रदेशसभा सदस्य सुशील थापाले सभामुख पूर्वाग्रही भएर आफूहरुलाई बैठक प्रवेशमा निषेध गरेको प्रतिक्रिया दिए। ‘हामी गृहजिल्ला पुगेर कोरोना नियन्त्रणका सम्बन्धमा उच्चस्तरीय बैठकमा सहभागी भएर आएका हौँ, विपद्को बेला जनप्रतिनिधि जनतामाझ पुगेको विषयलाई अन्यथा लिनुहुँदैन’, उनले भने ।

सभामुखले कसैलाई काखा, कसैलाई पाखाको व्यवहार गरेको उनको आरोप छ । ‘अन्य माननीय र मन्त्रीहरु आफूखुशी हिँडडुल गर्दा आचारसंहिता लागू नहुने, हामीलाई मात्र लागू हुने न्यायोचित छैन्,’ प्रदेशसभा सदस्य थापाले भने, ‘जनतामाझ जानु गल्ती होइन, सुरक्षाका सबै विधि अपनाएरै जिल्लामा पुगेका हौँ ।’ अर्का प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले पनि सभामुखले पिसिआर परीक्षण गरेर एक सातापछि बैठकमा आउन टेलिफोन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस