२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत प्रमुखसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार आठ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी तीन वटा मुद्दा दायर गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका–८ मा १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा, मालपोत अधिकृत मात्रिका दंगाल, नासु गोविन्द पौडेल, दुहबी नगरपालिका–८ का अध्यक्ष तारिकचन्द्र सरदार, मन्दिर व्यवस्थापन समितिबाट अख्तियारी पाएका उपाध्यक्ष उज्याला मानन्धर, जग्गा खरिदकर्ता गोविन्दकुमार बजगाईँविरुद्ध मुद्दा दायर भएको हो ।

राधाकृष्ण मन्दिर सोनापुरको नाममा रहेको सो जग्गा दुई वर्षअघि बजगाईँलाई बिक्री गरिएको थियो । सुरुमा सो जग्गा बजगाईँको नाममा पास गरे लगत्तै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रहेका मानन्धरले आफैँ खरिद गरेका थिए ।

सात लाख ७१ हजार प्रतिकठ्ठाका दरले बिक्री गर्ने निर्णय भएकोमा जग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर पाँच लाख २१ हजार पाँच सय, रजिस्ट्रेसन शुल्क तीन लाख ७७ हजार एक सय ५० गरी आठ लाख ९८ हजार चार सय पाँच रुपैयाँ राजस्व छली गरेको अभियोग छ ।

सुरुमा जग्गा किन्ने बजगाईँले राधाकृष्ण मन्दिरको कित्ता नम्बर १३ को जग्गा खरिद गर्दा नै रजिस्ट्रेसन दस्तुर दुई लाख १५ हजार नौ सय २० रुपैयाँ नबुझाएको खुलेको छ ।

दुहबी नगरपालिका–८ का वडाध्यक्ष तारिकचन्द्र सरदारले राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा भित्री बाटोले छोएकोमा सिफारिसमा बाटोले नछोएको भनी गलत सिफारिस दिएका थिए । जसबाट रजिस्ट्रेसन र पुँजीगत लाभकर छल्न सहज भएको थियो । उनी विरुद्ध नौ लाख १९ हजार एक सय २८ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापाले लिखत पास गर्दा स्थानीय निकायको घर बाटोको सिफारिस, जग्गाको तोकिएको न्यूनतम मूल्याङ्कन, संस्थाका नामको जग्गा पारित गर्दा व्यवस्थापन समितिको जग्गा बिक्री गर्ने निर्णयजस्ता विषय नहेरी रजिस्ट्रेसन पास गराएका थिए ।

उनी विरुद्ध सात लाख ५५ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको छ । मालपोत अधिकृत मात्रिका दंगालले गोविन्दकुमार बजगाईँको नामबाट उज्याला मानन्धरको नाममा लिखत पारित गर्दा कर छल्न सघाएका थिए ।

त्यस्तै डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसादविरुद्ध पनि मुद्दा दायर भएको छ । उनी गत महिना ६ लाख घुससहित पक्राउ परेका थिए । चुनढुङ्गा उत्खननमा सहज गरिदिने भन्दै उनले घुस लिएका थिए ।

आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सहिद स्मृति सामुदायिक वन उपभोक्ता समूहमा भएको अनियमिततामा पनि दुईजनाविरुद्ध आइतबार मुद्दा चलाएको छ । उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्ट र स्थानीय नवराज जोशीविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस