दाङमा २ स्वास्थ्यकर्मीसहित ९ सङ्क्रमित थपिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दाङमा २ स्वास्थ्यकर्मीसहित ९ सङ्क्रमित थपिए


१८ जेष्ठ २०७७, आइतबार


दाङ। दाङमा दुई स्वास्थ्य कर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दुई स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना सङ्क्रमण भेटिएको हो।

नयाँ सङ्क्रमितमध्ये तुलसीपुर उपमहानगरपालिकाका ५ जना, लमही नगरपालिकाका १ जना, गढवाका २ जना र राप्ती गाउँपालिकाका १ जना रहेका छन्।

सङ्क्रमण देखिएकामध्ये लमही नगरपालिका वडा नं. १ का ४० वर्षीय एक पुरुष र राप्ती गाउँपालिका वडा नं. ८ का ३६ वर्षीय १ पुरुष स्वास्थ्यकर्मी हुन् उनीहरू दुवै जना गढवास्थित जनता माविमा निर्मित क्वारेनटिनमा खटिएका थिए ।

त्यसै गरी अन्य सङ्क्रमितहरूमा तुलसीपुर वडा नं. ४ स्थित रक्षाचौर माविको क्वारेनटिनमा बसेका मध्य तुलसीपुर ६ का २० वर्षीय १ जना, तुलसीपुर १५ का ३२ वर्षीय १ जना, तुलसीपुर १६ मा १८,२० र २३ वर्षीय गरी ३ जना रहेका छन् । उनीहरू सबै पुरुष भएको र जेठ ८ गते भारतको दिल्ली लगायतका स्थानबाट आएपछि सोझै क्वारेनटिनमा लगेर राखिएका व्यक्तिहरू हुन् ।

त्यसै गरी गढवास्थित जनता माविमा निर्मित क्वारेनटिनमा रहेकाहरुमध्य गढवा ६ का १ जना ३६ वर्षीय पुरुष , वडा नं. ७ का २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। उनीहरू भारतबाट आएपछि क्वारेनटिनमा बस्दै आएका थिए। यससँगै दाङमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या ३४ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस