कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, बाजुराकी २ वर्षीया बालिका पनि कोरोनाकै कारण मृत्यु, आमा पनि संक्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, बाजुराकी २ वर्षीया बालिका पनि कोरोनाकै कारण मृत्यु, आमा पनि संक्रमित


१८ जेष्ठ २०७७, आइतबार


धनगढी । बाजुराको क्वारेन्टिनमा मृत्यु भएकी २ वर्षीया बालिकाको मृत्यु कोरोना कै कारण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संबmमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बाजुराको बूढीगंगा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या रहेको थियो ।

नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया रहेको डा. बिकले बताएका छन् ।

शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब पनि संकलन गरिएको थियो । उनकी आमामा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बाबुको भने रिपोर्ट नेगेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस