लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १३ गतेसम्म बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १३ गतेसम्म बन्द


१७ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । सरकारले लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदै छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको पनि ती मन्त्रीले बताए ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको थियो। दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ हुँदै १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ सम्म पुर्‍याउँदै पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो ।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्य योजना स्वीकृत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस