पर्सामा थप ५ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पर्सामा थप ५ जनामा कोरोना संक्रमण


१७ जेष्ठ २०७७, शनिबार


वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीर परीक्षणमा शनिबार साँझ पटेर्वासुगौलीको एक महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पटेर्वासुगौली गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । स्वास्थ्य निरीक्षक जयमुद ठाकुरका अनुसार संक्रमण हुनेहरुमा पटेर्वासुगौली गाउँपालिका ५ निचुटाका २२ र २५ वर्षका तीन पुरुष, वडा २ लक्ष्मीपुरका ३६ वर्षीय पुरुष र वडा ४ फरहदवाकी २५ वर्षीय महिला छिन् ।

संक्रमितलाई आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको छ। यसअघि बिहान पर्साकै सखुवाप्रसौनी गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु केही दिनअघि मात्र भारतबाट आएका थिए । गत बिहीबार परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस