राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु, लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सुरक्षा परिषद् बैठक सुरु, लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै


१७ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक शनिवार अपराह्न बालुवाटारमा बसेको छ।

बैठकमा पछिल्लो सुरक्षा अवस्था र आगामी रणनीतिबारे छलफल भइरहेको छ। यस लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ। मन्त्रिपरिषद् बैठक पाँच बजे बस्ने भनिए पनि सुरक्षा परिषद्को बैठकका कारण ढिला सुरु हुने भएको छ ।

आजको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्न सक्ने बताइएको छ। मन्त्रिपरिषद् बैठकमा भारत लगायतका अन्य मुलुकमा रहेका नेपालीलाई ल्याउनेबारे निर्णय गर्ने बताइएको छ।

शुक्रवार बसेको बैठकले ७ देखि १० दिनभित्र नेपाली ल्याउने तयारी गर्ने योजना बनाएको थियो। समितिले दैनिक ३ हजारदेखि ३५ सय जनासम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। साथै भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस