दुई महिनापछि उदयपुर सिमेन्ट उद्योग सञ्चालन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई महिनापछि उदयपुर सिमेन्ट उद्योग सञ्चालन


१७ जेष्ठ २०७७, शनिबार


उदयपुर । ६५ दिनदेखि बन्द रहेको देशकै सबैभन्दा ठुलो औधौगिक प्रतिष्ठा उदयपुर सिमेन्ट उद्योग शुक्रवारबाट सञ्चालनमा आएको छ।

दैनिक १२ हजार बोरा गैडाछाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन(बन्दाबन्दी)का घोषणापछि बन्द भएको थियो।

बन्द उद्योगलाई शुक्रवारदेखि सरकारले तोकेको मापदण्ड पुरा गरी सञ्चालनमा ल्याइएको हो।

सिमेन्टको माग बढी हुने समय भएकाले बन्द हुँदाको घाटासमेत पूर्ति गर्ने गरी उत्पादन कार्य अगाडि बढाइएको अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस