म दलित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

म दलित


१७ जेष्ठ २०७७, शनिबार


भगवान् कै नाम थियो मेरो नवराज
तर जन्मिएको रहेछु बनेर कुजात
माया बस्न पुग्यो ठकुरीकी छोरी
सिउँदो सजाउन पाइन माफ गरिदेऊ मोरी ।

तिम्रो प्रत्येक शब्द पुरा गर्न तयार भएकै थिएँ
साथीहरू लिएर आएकै हो तर आफै विलीन भएँ
तिम्रो सिउँदो सजाउन खोजेकै थिएँ
तर शत्रु लागे पछि एकै चोटि धुवाँ बन्न पुगेँ ।।

के दोष थियो र प्रिय दलित भएर जन्मिएँ
तिम्रो नै हुनेछु अर्को जन्ममा पनि यदि तिमीले सम्झिए आँसु नझार प्यारी सपनीमा फेरी म आउनेछु
तिमी सुतेको कोठामा पक्कै ढोका ढकढक्याउनेछु ।।।

हाँसेर जीवन जिउनु प्यारी लुकेर म हेर्नेछु
माथिबाटै भएनि सधैँ भरि आशीर्वाद दी रहनेछु
तिम्रो बन्न सकिन माफी देऊ मलाई
मेरो नाममा हार्दिक श्रद्धाञ्जली देऊ दियो जलाई।।।।

 

Tags :
प्रतिक्रिया दिनुहोस