नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


१७ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ९ बजे बस्ने भनेको बैठक केही बेर ढिला गरी सुरु भएको हो ।

बजेटमा एमसीसी घुसाइएको विषयलाई लिएर सचिवालय सदस्यहरूले विरोध गरेपछि नेकपाले आकस्मिक रूपमा सचिवालय बैठक आह्वान गरेको हो ।

सचिवालय बैठकअघि शुक्रवार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि बिहीबार संसद्मा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सी फेदी–रातमाटे–हेटौँडा र लप्सी फेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तर्देशीय प्रसारण निर्माण अघि बढाउने उल्लेख छ । त्यसका लागि अन्तर्देशीय प्रसारण निर्माणका लागि ३६ अर्व २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी नभनिए पनि यति धेरै रकम विनियोजन गरिएकाले एमसीसीको अनुदान रकम स्वीकार गरेर योजना अघि बढाउने दाउमा सरकार रहेको भनेर नेकपाका कतिपय नेताहरूले विरोध गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस