डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा


१७ जेष्ठ २०७७, शनिबार


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेको तर ऊ असफल भएकोले आजबाट आफूले विश्व स्वास्थ्य संगठनसँगको नाता तोडेको बताए ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस