यी हुन् भारतबाट फर्किनेहरूका लागि सरकारले तोकेका २० नाका « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यी हुन् भारतबाट फर्किनेहरूका लागि सरकारले तोकेका २० नाका


१६ जेष्ठ २०७७, शुक्रबार


सचिव

काठमाडौँ । सरकारले भारतबाट स्थल मार्ग हुँदै नेपाल फर्किने नेपालीहरूका लागि २० वटा नाका तोकेको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए ।

उनकाअनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् ।

सरकारले भारतबाट झन्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस