कोरोना सङ्क्रमितलाई अन्यत्र लैजान खोज्दा झडप, १० राउन्ड हवाई फायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमितलाई अन्यत्र लैजान खोज्दा झडप, १० राउन्ड हवाई फायर


१६ जेष्ठ २०७७, शुक्रबार


रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको जोकाहाटोलमा रहेका कोरोना सङ्क्रमितलाई अन्यत्र उपचार गर्न लैजान लागेको भन्दै प्रहरी र स्थानीयबिच झडप भएको छ । ईशनाथ नपा ७ को जोकहाँमा रहेको अनवारुल इस्लामिक मदरसामा बनाइएको क्वारेनटिनमा दुई व्यक्तिमा बिहीबार सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाकै गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा ल्याउन शुक्रवार बिहान चिकित्सक र सुरक्षाकर्मीको टोली पुग्दा विवादले उग्ररुप लिएपछि झडप भएको बताइएको छ ।

स्थानीयले कोरोना सङ्क्रमितलाई जोकाहामा नै राखेर उपचार गर्नुपर्ने माग राख्दै विरोध गरेका थिए । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर सङ्क्रमितको उपचार गर्न माग गरेपछि विवाद हुँदा झडप भएको जनाइएको छ ।

स्थानीयले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड भन्दा बढी हवाई फायर गरेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस