अस्थायी र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, घर बनाउन र छोराछोरी पढाउन सहुलियत कर्जा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अस्थायी र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, घर बनाउन र छोराछोरी पढाउन सहुलियत कर्जा


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सार्वजनिक निकायमा कार्यरत सबै अस्थायी र करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था मिलाइने भएको छ ।

सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेटमा राष्ट्र सेवक कर्मचारीलाई निजी आवास निर्माण र सन्ततिलाई उच्च शिक्षा प्रदान गर्न सहुलियत दरको कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउने भनेको छ ।

साथै आगामी वर्षका लागि अस्थायी र करार लगायत सबै राष्ट्र सेवकको एक लाखसम्मको कोरोना बिमा निःशुल्क हुने व्यवस्थासमेत मिलाएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस