आगामी आवको बजेट १४ खर्व ७४ अर्व ६४ करोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आगामी आवको बजेट १४ खर्व ७४ अर्व ६४ करोड


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १४ खर्व ७४ अर्व ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए । गत वर्ष चालू आवका लागि रु १५ खर्व ३२ अर्व ९६ करोड ७१ लाखको बजेट पेस भएको थियो ।

कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ रु नौ खर्व ४८ अर्व ९४ करोड अर्थात् ६४ दशमलव ४ प्रतिशत, पुँजीगततर्फ ३ खर्व ५२ अर्व ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ ।

त्यसै गरी वित्तीय व्यवस्थापनतर्फ रु एक खर्व ७२ अर्व ७९करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्व ८९ अर्व ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्व ५२ करोड व्यहोर्दा रु पाँच खर्व २४ अर्व ५० करोड न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्व ९९ अर्व ५० करोड जुटाइने अर्थमन्त्रीले बताए । आन्तरिक ऋणबाट रु दुई खर्व २५ अर्व स्रोत व्यवस्थापन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस