रिक्त दरबन्दी रोक्का, कर्मचारीको भत्ता कटौती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रिक्त दरबन्दी रोक्का, कर्मचारीको भत्ता कटौती


१५ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । सरकारले अत्यावश्यक सेवा दिने कार्यालयबाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्तिसमेत रोक्का गरेको छ।

सरकारले प्रशासनिक खर्च कटौती गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो।

सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको छ ।

बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्। उनले कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाजा भत्ता खारेज हुने बताएका छन्।

कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपङ्तिमा जुटेका कर्मचारीलाई बाहेक अन्यलाई आगामी आवदेखि कुनैपनि किसिमको भत्ता उपलब्ध गराइने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस