जाग–लम्क–चम्क हे नौजवान हो…गीतकार रत्नशमशेर थापाको निधन « प्रशासन
prasaLogo
१५ जेष्ठ २०७७, बिहीबार

जाग–लम्क–चम्क हे नौजवान हो…गीतकार रत्नशमशेर थापाको निधन


प्रकाशित मिति : 28 May, 2020 3:08 pm

काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । थापाको बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिएका छन् ।

बुधबार बेलुकी उपचारका लागि नर्भिक अस्पताल लगिएका उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग–लम्क–चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस