२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगारी छाडेर तरकारीखेतीमा रमाउँदै युवा

अ+ अ-

पोखरा । विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारीखेतीमा भाग्य र भविष्य देख्दै यहाँका युवा तरकारीखेतीमा जुटेका छन् । खाडी मुलुक दुवईमा एक दशक पसिना बगाएर फर्किएका युवाले लगानीमा यहीको माटोमा रगत र पसिना भिजाउने लक्ष्यका साथ तरकारीखेती मार्फत सुन्दर भविष्यको खोजीमा लागेका हुन् ।

पोखरा महानगरपालिका वडा नं १५ टुटुङ्गाका दीपेन्द्र बाँस्तोला, ध्रुव कोइराला र डिल्लीराम अधिकारीले रु ३० लाखको लागतमा सामूहिक तरकारीखेती शुरु गरेका हुन् । भाडामा लिएको बाँझो १४ रोपनी जग्गामा निर्माण गरिएका १४ वटा टनेलभित्र काँक्रो, सिमी, करेला, गोलभेँडा, धनियाँलगायतले उत्पादन दिन थालेपछि बिक्री गरेर राम्रो आम्दानी हुन थालेको बाँस्तोलाले जानकारी दिए ।

‘दुवईको पाँचतारे होटलमा वेटरको काम गर्दा मासिक रु एक लाख कमाइ हुन्थ्यो’, ३६ वर्षीय उनले भने, ‘विदेशमा लामो समयसम्म मेहनत गर्दा पनि खासै उपलब्धि नदेखिएपछि यही तरकारीखेती गर्न लागेका हौँ ।’

तीन भाइ मिलेर २०७६ साल माघ ५ गतेदेखि सो खेती शुरु गरेको जानकारी दिँदै उहाँले ६ वटा टनेलमा गोलभेँडा, तीनवटामा सिमी, दुईवटामा काँक्रा, दुईवटामा करेला र एउटामा धनियाँखेती गरिएको उनले बताए ।

बारीमा यतिखेर काँक्रा, सिमी, करेला लटरम्म फलेका छन्, बिक्री गरेर रामै्र आम्दानी भएको बताउँदै तरकारी कृषक बाँस्तोलाले गोलभेँडाले फल दिन शुरु गरिसकेको र जेठको अन्तिम हप्ताबाट उत्पादन शुरु हुने जानकारी दिए ।

वैशाखको १५ गतेदेखि तरकारी बिक्री गर्न शुरु गरेको जानकारी दिँदै अर्का ३६ वर्षीय कोइरालाले अहिलेसम्म सिमी, करेला, काँक्रो बिक्री गरेर कूल रु ३५ हजार आम्दानी गरेको जानकारी दिए ।

‘तरकारीखेतीमा चुनौती छ, त्यति राम्रो ज्ञान छैन, रोगको पहिचान गर्न नसक्दा पहिलोपटकमै सिमी, काँक्रो, करेलाबाट राम्रो फाइदा लिन सकिएन’, उनले भने, ‘उत्पादनकै अवस्थामा रोग लाग्यो बन्दाबन्दीका कारणले समयमा उपचार गर्न प्राविधिकको अभाव भएका कारण नोक्सान व्यहोर्नुपर्‍यो ।’ सोही टनेलमा पुनः तरकारी लगाउने उनीहरूको तयारी छ ।

पाँच वर्ष मलेसिया र पाँच वर्ष दुवई बसेका उनी छुट्टीमा घरमा आएको र बिदा सकिएपछि विदेश जान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको बताउँदै उनले भने, ‘विदेशको मासिक रु एक लाख घरमै परिवारसँगै बसेर तरकारीखेतीबाटै आम्दानी गर्न सकिन्छ भन्ने सपना देखेर विदेशको मोह त्यागेको हुँ ।’

‘उत्पादित तरकारी बिक्री हुँदैनकी भन्ने चिन्ता छैन, ग्राहक बारीमै आउने गरेका छन्’, उनले भने, ‘यतिखेर बिहानदेखि साँझसम्म तरकारीको स्याहारसुसार तथा बिक्री वितरण तीनैजनाको दैनिकी बनेको छ ।’

कोरोना भाइरसको जोखिम नदिन गरिएको बन्दाबन्दीका कारण फार्म दर्तामा ढिलाइ भएको छ, कार्यालय खोल्नासाथ दर्ता प्रक्रियामा जाने तयारी भइरहेको उनको भनाइ छ । ६ वटा टनेलमा लगाएको सिर्जना र अमिता जातका एक हजार २०० वटा बिरुवा हुर्के र लटरम्म फलेका छन् ।

विदेश जानुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने दृढ इच्छा शक्ति लिएका अर्का २६ वर्षीय अधिकारीले विदेशमा लामो समय बिताएका दुईजना साथीसँगै काम गर्न पाउँदा खुशी लागेको जानकारी दिए । उनीहरुको फार्ममा अहिले दुईजनाले दैनिक रोजगारसमेत पाएका छन् ।

तरकारी बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचाउने लक्ष्य रहेको बताउँदै उनले भने, ‘हामीजस्ता केही गर्ने सोचका साथ अघि बढेका कृषकले सरकारी सुविधा पाउने हो भने तरकारीखेतीमा निरन्तर लाग्न उत्साह मिल्ने थियो ।’

विषादीको प्रयोग नगरी प्राङ्गारिक तरकारी उत्पादन गरेर उपभोक्ताको भान्छासम्म पु¥याउने लक्ष्यका साथ मौसमी तथा बेमौसमी तरकारीखेतीतर्फ लागेको बताउँदै युवाले सहुलियत दरमा ऋण, गुणस्तरीय बीउ, मल र बजारीकरणमा सरकारले अनुभूति हुने गरी कृषकलाई सहयोग गर्नुपर्ने बताए ।

स्वदेशमा बढी लागत कम उत्पादन हुनेहुँदा महँगो पर्ने र बाहिरबाट आएको तरकारी बढी खपत हुने वर्तमान अवस्थामा विदेशबाट आयात हुने फलफूल, तरकारी, माछा, मासुजस्ता उत्पादनमा भन्सार मूल्यमा वृद्धि गरेर स्वदेशी उत्पादनलाई स्थापित गर्न तीनै तहका सरकारको सामूहिक प्रयास अपरिहार्य रहेको उनीहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस