२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनिषा कोइरालाको पक्षमा उभिए चलचित्र निर्देशक सन्तोष लोहनी

अ+ अ-

काठमाडौं । राष्ट्रियताको पक्षमा कसैसँग पनि सम्झौता हुन नसक्नेभन्दै चलचित्र निर्देशक सन्तोष लोहनी अभिनेत्री मनिषा कोइरालाको पक्षमा उभिएका छन् ।

नेपाल भारतबीच सीमा विवाद कायम रहेको समयमा अभिनेत्री कोइराला नेपालको पक्षमा उभिएकोभन्दै उनले खुशी व्यक्त गरे । जहाँ सुकै रहेपनि पुर्खाको माटोभन्दा अरु कुरा ठूलो हुन नसक्ने अभिनेत्री कोइरालाले पुष्टि गरिदिएको भन्दै निर्देशक लोहनीले उनको समर्थन गरे ।

केही समय पहिले नेपालको पक्षमा ट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेको कुरालाई भारतीय सञ्चारमाध्यमले खरो रुपमा विरोध गरेका थिए । त्यस यता नेपालमा सयौं कलाकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले मनिषा कोइरालाको खुलेर प्रशंसा गर्न थालेका छन् ।

यसबीच, चलचित्र निर्देशक लोहनीले पनि उनको समर्थन गर्दै भारतीय मिडियाले कोइरालाप्रति गरेको तुच्छ र तल्लो स्तरका शब्दप्रति आपत्ति प्रकट गरे । उनले भने, ‘नेपालको भूमीमा जन्म लिएकी कोइरालाले, आफ्नो राष्ट्रियताको पक्षमा बोल्दा त्यति तुच्छ शब्दहरूको प्रयोग गर्नु कदापी राम्रो होइन । ’

उनले कोइरालाई आफ्नो समर्थन रहेको बताउँदै भारतले कोइरालाई सित्तैमा खान बस्न नदिएको बताए । कोइराला आफ्नो क्षमता, दक्षता र सीपले बाँचेकी नेपाली चेली भएकी उनको भनाइ छ ।

केहि नेपाली चलचित्रको निर्माता एवं निर्देशक भएर काम गरिसकेका लोहनीले भूकम्पपछि भारतले गरेको नाकाबन्दीका विरुद्धमा आफ्नो व्यक्तिगत पहलमा एक लाख हस्ताक्षर संकलन गरेर संयुक्त राष्ट्रसंघ समक्ष बुझाएका थिए ।

नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्। ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ’ भन्दै ट्विट गरेकी थिइन् । त्यसपछि भारतीय टिभी च्यानल एबीपी न्यूज लगायतले त उनको ट्विटलाई भारतको नुन खाएर चीनको गीत गाउने ? भनेर टिकाटिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस