२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्र दिवसमा गीतकार ओलीको उपहार : ‘बन्छ नमूना नेपाल’

अ+ अ-

काठमाडौँ ।

‘स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास’ -केपी शर्मा ओली

कविता लेखनमा समेत परिचय बनाउनुभएका केपी ओली अब गीतकारका रुपमा पनि चिनिनुभएको छ । तेह्रौँ गणतन्त्रको दिवसको अवसर पारी केपी शर्मा ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ । गीतमा स्वदेशमा श्रम, विकासनिर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ जुन उनले आफू प्रधानमन्त्री भएपछि ल्याउनुभएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा नै आधारित छ ।

मुलुक बन्दाबन्दीमा परेका बेलामै उहाँले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गरेका हुन् । ‘प्रधानमन्त्रीको सचिवालयमार्फत हात परेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्ष्य गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लागिहाल्यो’, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य राईले भने ।

यसअघि ओलीका ‘खर्पन’(२०४१), मेरो जून हरायो(२०६२), समृद्धिको सपना(२०७५), ‘अब आँसु खसाउनु पर्दैन’(२०७७) कविता प्रकाशित छन् । कारागारमा सिसाकलमले चुरोटका खोलमा लेखिएका उनका केही कविता प्रहरीले त्यतिबेलै जफत गरी लगिसकेको छ । पन्ध्र वर्ष जति कारागारमा रहँदा कविता लेख्ने गरेका ओलीलाई अहिले राष्ट्रको नेतृत्व हाँकिरहेका बेला त्यही कवि मनले बेलाबेला कविता लेख्न लगाइरहन्छ ।

गीतकार ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिएका छन् । छरिएर रहनुभएका गायकगायिकालाई मोबाइलमा स्वर भर्न लगाएर सङ्गीतकार राईले तिनलाई संयोजन गरेका हुन् हो । ‘लकडाउनका बेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायकगायिकालाई ट्रयाक पठाई मोबाइलमा स्वर भर्न लगाएँ र तिनलाई जोडेर गीत तयार गरेँ’, ताप्लेजुङबाट आई हाल मैतीदेवी बस्दै गरेका प्राज्ञ राईले भने ।

अन्तरा साङ्गीतिक समूह बागबजारका तर्फबाट निर्मित गीतको भिडिओ पनि तयार गरिएको छ जसको संयोजन सावन श्रेष्ठ र सौहार्द राईले गरेका छन् । देशभक्ति, क्रान्तिकारी भावधारा तथा जनताको आवाजलाई लिपिबद्ध गरी करीब एक हजार गीति रचनामा सङ्गीत भरिसकेका ५० वर्षीय प्राज्ञ राई भन्छन्, ‘सरकारले विदेशमा गएका नेपालीलाई स्वदेश ल्याएर व्यवस्थापन पनि गर्नुपर्छ ।’ यो गीतले प्रवासमा रहेका नेपालीलाई ठूलो सन्देश दिने उनको विश्वास छ । लकडाउन खुलेपछि ‘वैदेशिक रोजगारीका लागि विदेश जानुहुने सम्पूर्ण दिदीबहिनी दाज्युभाइलाई सम्मान तथा सुस्वास्थ्यको कामना’ गरिएको गीतलाई परिमार्जन गरिने सङ्गीत तथा नाट्य प्रतिष्ठानका संगीत विभाग प्रमुख राईको योजना छ ।

‘खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।’-केपी शर्मा ओली

प्रतिक्रिया दिनुहोस