२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेश सरकारले सञ्चारमाध्यम सञ्चालन गर्ने

अ+ अ-

हेटौँडा । वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कागजातसमेत छाप्ने योजनासहित छापाखाना सञ्चालन गर्न लागिएको बताए ।

सूचना तथा जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम सञ्चालन गर्न लागिएको उनको भनाइ छ । सरकारले गरेका गतिविधिको आम नागरिकमाझ प्रचारप्रसार गर्न पनि सरकारमातहतको सञ्चार संस्था आवश्यक रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ । ‘हामी वर्षमा करोडौँका कागज छपाइ गर्छौँ, त्यो सबै आफ्नै छापाखानाबाट छाप्न मिल्छ, पत्रपत्रिका पनि त्यहीँ छापिन्छ’, मुख्यमन्त्री पौडेलले भने ।

प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सरकारले ‘गाउँका सूचना शहरमा’ भन्ने नारालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने खालको संयन्त्रको विकास गर्ने, ज्ञानवद्र्धक तथा जनचेतनामूलक कार्यक्रम निर्माण तथा प्रसारण गर्न आवश्यक प्रबन्ध मिलाउने, प्रदेशभित्र सार्वजनिक सूचना केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न निकायसँग साझेदारी गर्ने, स्थानीय तहका सूचना प्रदेश सूचना बैंकबाट एकद्वार प्रणालीमार्फत सम्प्रेषण गर्न संयन्त्र बनाउने, प्रदेश सूचना प्रविधिपार्क तथा आमसञ्चार केन्द्र स्थापना र सञ्चालनको खाका तयार गरी कार्यान्वयनमा ल्याइनेलगायतका कार्यक्रम समावेश छ ।

प्रदेशभित्र स्थापना हुने ई–पुस्तकालय, फ्रि वाइफाइ जोन सञ्चालनका लागि सहजीकरण गर्ने, डिजिटल साक्षरता तथा पत्रकार सीप विकास कार्यक्रम सञ्चालन गर्ने, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन र अनुगमनलाई प्रभावकारी बनाइनुका साथै सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले पत्रकार कल्याण कोषको दायरालाई फराकिलो बनाउँदै लैजाने, प्रदेशमा प्रचलनमा रहेका सबै भाषाभाषीको प्रवद्र्धन गर्दै पहिलो चरणमा तामाङ र नेपाल भाषाको पत्रकारिता प्रवद्र्धन गर्न चाहने सञ्चारमाध्यमलाई प्रोत्साहित गर्ने, महिला पत्रकारको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, एकापसमा समाहित भएर (मर्जर गरेर) जान चाहने सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस