१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलोपटक चिनियाँ सर्वेक्षक टोली सगरमाथाको चुचुरोमा

अ+ अ-

एजेन्सी । बुधबार चिनियाँ सर्वेक्षक टाली सगरमाथाको चुचुरोमा पुगेको छ । सगरमाथको उचाइ नाप्न चिनियाँ सर्वेक्षक टोली विश्वका अग्लो शिखर सगरमाथामा पुगेर नाप लिएका हुन् । सगरमाथालाई चिनियाँ भाषामा चोमोलाङ्मा भनिन्छ ।

८ सदस्य टोली बुधबार बिहान ११ बजे सगरमाथाको शिखरमा पुगेका हो। त्यहाँ उनीहरुले एक सर्वेक्षण मार्कर जिएनएसएस (ग्लोभल नेभिगेसन स्याटलाइट सिस्टम) स्थापना गरे भने अन्य ६ सर्वेक्षणकर्ताहरूले शिखरको तल्लो भागबाट अवलोकन गरेका थिए।

‘माउन्ट सगरमाथा उचाइ परिवर्तनले विश्वव्यापी भुगोल र पारिस्थितिको अध्ययन गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ र यसले मानिसहरुको जीवनमा समेत ठूलो असर पार्नेछ’,प्राकृतिक संसाधन मन्त्रालयका इन्जिनियर चेन गाङले भने।

सर्वेक्षणको टोली मे ६ गते शिखरतर्फ प्रस्थान गरेको थियो। तर मौसम खराबीका कारण उनीहरु योजनामा दुई पटक विलम्ब हुन पुगेको थियो। ‘हिमालय र किन्हाई/तिब्बत पठारको उचाइ परिवर्तनहरूको अध्ययनका लागि पनि माउन्ट चोमोलाङ्माको सही उचाई मापन आवश्यक छ’, चिनियाँ एकेडेमी अफ साइन्सका वायुमण्डलीय भौतिकशास्त्री गाओ डेङ्गीले भने।

सर्वेक्षण टोलीका सदस्यहरू माउन्ट चोमोलाङ्माको शिखरमा साढे दुई घण्टा बसेका थिए। यो चिनियाँ आरोहीहरूको लागि नयाँ रेकर्ड पनि हो। सगरमाथाको चुचुरोमा चिनियाँ टोलीमात्र पुगेको यो पहिलोपटक हो। यसक्रममा टोलीले हिउँको गहिराई पनि मापनसँगै जिएनएसएस, गुरुत्वाकर्षण र मौसम सर्वेक्षण गरेको थियो। सर्वेक्षणको नतिजा प्राप्त तथ्यांकको जाँच पछि सार्वजनिक गरिनेछ।

‘कमाण्ड, हामीले सर्वेक्षण अभियान पूरा गरिसकेका छौं र तल आउन तयार छौं’, दिउँसो साढे ११ बजे टोलीका नेता टेन्सरले आधार शिविरमा रहेको कमाण्डलाई रिपोर्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस