बाँकेमा आज राति १० बजेदेखि अनिश्चित कालीन निषेधाज्ञा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँकेमा आज राति १० बजेदेखि अनिश्चित कालीन निषेधाज्ञा जारी


१४ जेष्ठ २०७७, बुधबार


बाँके । बाँके जिल्लामा अनिश्चित कालीन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज १४ गते राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ‘अत्यावश्यक सेवाहरूबाहेकका अन्य सबै सेवा तथा स्थल आज मिति २०७७ जेठ १४ गते २२ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र सङ्क्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम यस जिल्ला भरी नगर्न नगराउनु हुन यो निषेधाज्ञा जारी गरिएको छ’

 

Tags :
प्रतिक्रिया दिनुहोस