भारतमा कोरोना भाइरसबाट संक्रमितहरु डेढ लाख नाघे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतमा कोरोना भाइरसबाट संक्रमितहरु डेढ लाख नाघे


प्रशासन संवाददाता

१४ जेष्ठ २०७७, बुधबार


नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएका व्यक्तिको संख्या छ हजार ३८७ रहेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार भारतमा कूल संक्रमितको संख्या एक लाख ५१ हजार ७६७ पुगेको छ ।

कोरोना संक्रमणबाट विगत चौबीस घण्टामा १७० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कूल मृत्यु भएका व्यक्तिको संख्या चार हजार ३३७ भएको मन्त्रालयले जनाएको छ । उपचारको क्रममा रहेकामध्ये ६४ हजार ४२५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतीय राज्य महाराष्ट्रमा कोविड–१९ बाट सर्वाधिक मानिस प्रभावित भएका छन् । यहाँ हालसम्म ५४ हजार ७५८ जना संक्रमित भेटिएका छन् । तमिलनाडुमा १७ हजार ७२८ तथा गुजरातमा १४ हजार ८२१ जना तथा भारतीय राजधानी नयाँदिल्ली प्रदेशमा १४ हजार ४६५ जना संक्रमित देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस