लोकतन्त्र र पत्रकारिता पुरस्कार सञ्चारकर्मीद्वय आचार्य र शिवाकोटीलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोकतन्त्र र पत्रकारिता पुरस्कार सञ्चारकर्मीद्वय आचार्य र शिवाकोटीलाई


१४ जेष्ठ २०७७, बुधबार


काठमाडौं । लोकतन्त्र र पत्रकारिता पुरस्कार सञ्चारकर्मीद्वय निर्मला आचार्य र अजयबाबु शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरिएको निर्णायक समितिका संयोजक भीमसेनदास प्रधानले जानकारी दिए ।

उक्त पुरस्कारको राशि जनही रु ५० हजार र प्रमाणपत्र रहेको छ । वरिष्ठ पत्रकार आचार्य राष्ट्रिय समाचार समितिकी पूर्वमहाप्रबन्धक (पहिलो महिला) हुन् भने शिवाकोटी हाम्रा कुरा डटकमका प्रधानसम्पादक हुन् ।

सङ्घीय सांसद भीमसेनदास प्रधानको संयोजकत्वमा प्राध्यापक ओमकारेश्वर श्रेष्ठ र पत्रकार जगत नेपाल सदस्य रहेको समितिले पुरस्कार छनोट गरेको हो । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएकामा उक्त पुरस्कार यसपालि भने कोरोना भाइरसको महामारी सामान्य भएपछि वितरण गरिने ट्रष्टले जनाएको छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलले आफ्नो अंशको सम्पत्ति बिक्री गरी ट्रष्टका नाममा रु एक करोड राशिको कोष स्थापना गरेका थिए । त्यसै कोषको व्याजबाट हरेक वर्ष, तीन विधामा उक्त पुरस्कार वितरण गरिँदै आएको छ ।

यसअघि एमनेष्टि इन्टरनेशनल, सहिद मुक्तिनाथ अधिकारी, प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थलाई पुरस्कृत गरिएको छ । पत्रकारितातर्फ जगत नेपाल, रमिता लामा, चन्द्र किशोर पुरस्कृत भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस