भोला पोखरेल ट्रेड युनियनको कार्यवाहक अध्यक्ष « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोला पोखरेल ट्रेड युनियनको कार्यवाहक अध्यक्ष


१४ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

आइतबार बसेको आधिकारिक ट्रेड युनियनको बैठकले उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्ष पुण्य ढकाल २०७६ चैत्र ९ गते उपसचिवमा बढुवा भएसँगै पोखरेललाई कार्यवाहक अध्यक्ष भएका हुन् । अधिकृत स्तरसम्मलाई मात्रै ट्रेड युनियन अधिकार रहने कानुनी व्यवस्था रहेको छ ।

कार्यवाहक अध्यक्ष पोखरेलका अगाडी सङ्घीय निजामती ऐन जारी गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने देखि गिरेको कर्मचारीको मनोबल उकास्ने, सेवा प्रवाहमा सुधार ल्याउने तथा आधिकारिक ट्रेड युनियनको आगामी निर्वाचन सम्पन्न गराउने जस्ता चुनौतीहरू रहेका छन् । यही जेठ महिनामा नै ट्रेड युनियनको ४ वर्षे अवधि सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस