नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ७७२ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ७७२ पुग्यो


प्रशासन विशेष ब्युरो

१३ जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको हो ।

मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ नाघेको जानकारी दिए।

सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस