रौतहटमा थप २२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण


१३ जेष्ठ २०७७, मंगलबार


रौतहट । रौतहटमा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरका अनुसार सदरमुकाम गौरस्थित जुद्ध मावि क्वारेन्टाइनमा पहिलो पटक ७ जनामा संक्रमण देखिए हो । त्यस्तै देवाही गोनाही नगरपालिकास्थित क्वारेन्टाइनमा १३ गरुडामा एक र राजदेवी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । आइसोलेसन वार्ड अभावका कारण उनीहरु सबैलाई कहाँ राख्ने भन्ने यकिन हुन नसकेको उनले बताए ।

उनले संक्रमितहरु सबै भारतबाट आएको बताएका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा तीन जना बालबालिकासमेत छन् । भारतबाट आएका उनीहरु सबैलाई सिधै क्वारेन्टाइनमा लिएर राखिएको थियो ।

यो सँगै रौटतहटमा संक्रमितको संख्या ७० पुगेको छ । तीन जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस