२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समित गठन गर्न माग’

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिमरुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले २१औँ शताब्दीमा जातीय हिंसा र नरसंहार हुनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरे ।

उनले घटनामा बेपत्ता भएकाको खोजी, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । नेपालको इतिहासमै ठूलो जातीय नरसंहार भएको उनको भनाइ थियो । ‘जातीय विभेदको घटनाबाट छ जनाको ज्यान गएको छ । तीन जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता छन्’, उनले भने, ‘सरकारले सामान्य घटनामा छानबिन समिति बनाउने गरे पनि जातीय विभेदका कारण भएको घटनामा छानबिन समिति गठन नहुनु दुःखद् छ ।’

स्थानीय जनप्रतिनिधिको रहोवरमा घेराबन्दी गरेर दलित युवामाथि साङ्घातिक हमला गरिएको पाइएको उनले बताए । ‘दलित युवालाई चार किलोमिटर लखेटेर भेरी नदी किनारमा लगेर हत्या गरिएको छ, उनले भने,‘प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्न असहयोग गरेको जस्तो बुझिएको छ, जिल्ला प्रशासन कार्यालयलाई घटनाको छानबिन नगर्न दबाब दिइएको पाइएको छ ।’ उनले जाजरकोट घटनाका बारेमा गृहमन्त्रीले संसद्मा जवाफ दिन माग गरे ।

सांसद पार्वतीकुमारी विशुन्खेले पश्चिमरुकुम घटनाले समग्र ६० लाख दलितको आत्मसम्मानमा चोट पुगेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन माग गरिन्। यस्तै रेणुका गुरुङले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले घटनाको प्रकृति, यथार्थ अध्ययन गर्न जाजरकोट र रुकुमका प्रशासन अन्ततः सक्रियतापूर्वक लागेको आफूले पाएको बताए । स्थानीय पार्टी, सरकार घटनाको सत्यतथ्य छानबिन गर्न जुटेको जानकारी दिए ।

घटनाको छानबिन गर्न कुनै राजनीतिक दबाब हुनै नसक्ने उनको भनाइ थियो । ‘रुकुममा जातीय विभेदका घटनाको राजनीतिकरण हुँदैन, छानबिन हुन्छ’, जनप्रतिनिधिका हैसियतमा उनले भने । सांसद शर्माले आफ्नो धारणा राख्दै गर्दा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाउँदै आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । स्थानीय जनप्रतिनिधिको हैसियतले आफूले बोल्न पाउनुपर्ने बताउँदै पूर्वगृहमन्त्रीसमेत रहेका सांसद शर्माले घटनामा राजनीति नगर्नसमेत आग्रह गर्नुभयो । घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै उाले रुकुमको जनप्रतिनिधिको हैसियले आफूले सहयोग गर्ने बताए ।

काँग्रेसका सांसदको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेका थिए। लगत्तै सभामुख सापकोटाले काँग्रेसका सांसद प्रकाश रसाइलीलाई बोल्ने समय उपलब्ध गराएका थिए। सांसद रसाइलीले घटनाका बारेमा गृहमन्त्रीको जवाफ चाहेको बताउँदै घटनालाई राजनीतिक प्रभावका आधारमा कमजोर बनाउन खोजिएको आरोप लगाए । उनले रुकुमपश्चिम र जाजरकोटका सङ्घीय सांसदसहितको संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस