घरघरमै नमाज पढेर ईद उल फित्र मनाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घरघरमै नमाज पढेर ईद उल फित्र मनाइँदै


१२ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । देशभरका मुसलमान समुदायले आज घरघरमै विशेष नमाज पाठ गरी ईद उल फित्र मनाउँदै छन् ।

मस्जिद, ईदगाह लगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएकाले घरमै परिवारका सदस्य बिच नमाज पाठ गरेर ईद उल फित्र मनाइन लागिएको हो । हिजरी संवतको रमदान महिनाभर रोजा ९व्रत० बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । सरकारले यसअघि आइतबार ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई सच्याएर आज बिदा दिने निर्णय गरेको छ ।

फरक-फरक भूगोलबाट चन्द्रमा देखिन दिन फरक हुने हुँदा ईदको दिन पनि फरक पर्दै आएको छ । सम्बन्धित क्षेत्रका मुख्य मौलानाले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि मात्र यो पर्व मनाइन्छ ।

यो ईदमा अल्लाहका नाममा विशेष नमाज गर्ने परम्परा छ । त्यस्तै नयाँ लुगा लगाउने, सेवइ ९गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु० को खिर र मिष्टान्न परिकार खाने-खुवाउने चलन छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्छन् । तर, यस पटक कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ । रोजा अवधिभर पनि इस्लाम समुदायले घरैमा नमाज पाठ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस