बारामा थप एक प्रहरीमा कोरोना पुष्‍टि « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

बारामा थप एक प्रहरीमा कोरोना पुष्‍टि


११ जेष्ठ २०७७, आइतबार


काठमाडौं । बारामा थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

जेठ ७ गते उनको परीक्षण गरिएकोमा सर्लाहीको सूचीमा परेको जिल्ला अधिकारी पण्डितले बताए । यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

बारामा कोरोना संक्रमितको संख्या १३ पुगेकोमा दुई जना शनिबार निको भएरडिस्चार्ज भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस